तेहरान, ४ असार । इरानले इजरायलको पाँचौं एफ–३५ लडाकु विमान खसालेको दाबी गरेको छ। यो दाबी बुधबार वरमिन काउन्टीका प्रमुखले गरेका हुन्। उनले इरना समाचार एजेन्सीलाई बताएअनुसार इरानको वायु रक्षा बलले तेहरान प्रान्तको वरमिन शहरमाथि इजरायली एफ–३५ लडाकु विमान खसालेको छ।
यद्यपि, इजरायलले अहिलेसम्म आफ्नो एउटा पनि एफ –३५ लडाकु विमान इरानमा खसालिएको पुष्टि गरेको छैन। यदि इरानको दाबी सत्य साबित भयो भने, यो एफ –३५ लाई विश्वको उत्कृष्ट लडाकु विमान भन्ने अमेरिकाको लागि ठूलो झट्का हुनेछ। किनभने यो लडाकु विमानलाई अमेरिकाले अजेय मान्ने गरेको छ । अहिलेसम्म कसैले यसलाई खसाल्न सकेको थिएन ।
एफ ३५ मा के छ त्यस्तो ?
एफ –३५ लडाकु विमान अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित हो । यो एकल सिट, एकल इन्जिन, सबै मौसममा प्रयोग गर्न सकिने बहुभूमिका युक्त लडाकु विमान हो। यसको विशेषता तिब्र उडान क्षमता र अचुक निशाना दुवै हो । यो इलेक्ट्रोनिक युद्ध र गुप्तचर, निगरानी र जासूसी अभियानहरू सञ्चालन गर्न पनि सक्षम छ। लकहिड मार्टिन बाहेक, नर्थ्रोप ग्रुमन र बीएई सिस्टम्सले पनि एफ(३५ बनाउन योगदान पुर्याएका छन् ।
इजरायल र इरानबीच द्वन्द्व जारी
इजरायली सेनाले गत शुक्रबार बिहान राइजिङ लायन नामक ठूलो स्तरको अपरेशन सुरु गरेको गर्दै इरानको आणविक कार्यक्रमको सैन्य लक्ष्य र सुविधाहरूमा आक्रमण गरेको थियो।विक वैज्ञानिकहरूको मृत्यु भयो। इजरायली वायुसेनाले तेहरान सहित इरानभरि धेरै आक्रमणहरू गर्यो, जसमा इरानी सशस्त्र बलका प्रमुख जनरल स्टाफ र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी) कमाण्डर सहित धेरै वरिष्ठ इरानी सैन्य अधिकारीहरू, साथै धेरै आणविक वैज्ञानिकहरूको मृत्यु भयो।
इजरायली आक्रमणमा आफ्ना उपल्लो तहका सैनिक अधिकारी र आणविक वैज्ञानिकको मृत्यु भएपछि रन्थनिएका इरानका सर्वोच्च् नेता आयातुल्ला अली खुमेनीले तत्काल ‘यसको भयावह नतिजा व्यहोर्नु पर्ने’ धम्की दिएका थिए । नभन्दै आफ्ना मुख्य–मुख्य सैन्य कमाण्डर र आणविक वैज्ञानिक मारिंदा पनि सोही रात इरानले ‘अपरेसन ट्रु प्रमिश थ्री’ को नाममा इजरायलमाथि जवावी कारवाही सुरु गर्यो । इरानी आक्रमणका कारण इजराइलमा पनि मानिसको मृत्यु भएको छ भने त्यो भन्दा बढी भवन र गाडीहरू नष्ट भएका समाचार छन् ।