सोनामाईमा विकास मोडल दिगो भएन : मेयर खड्का (भिडियो)

banner

बर्दिवास, ५ असार । औरही नगरपालिकाका मेयर प्रदीपकुमार खड्काले प्रसिद्ध सोनामाई मन्दीरको दिर्घकालिन सोचको हिसावले पूर्वाधारको विकास नहुँदा समस्या भएको बताएका छन् । तला थप्न नमिल्ने भवन बनाईदा दिगो विकासमा अवरोध सिर्जना भएको उनले वताए ।

नगरपालिकाले सोनामाई मन्दीरमा बिबाह मण्डप बनाउदैछ । सो बिबाह मण्डल मधेशको संस्कार र संस्कृतिअनुसार न्यूनतम जन्ती अटने पनि नभएको बारे जिज्ञासा राख्दा मेयर खड्काले भने ‘अघिल्ला जनप्रतिनिधिको फराकिलो सोच नहुँदा पछि आएका हामीजस्तालाई समस्या भयो ।’ भवनको संरचना अघिल्लै जनप्रतिनिधिको पालामा बनेको जानकार दिंदै उनले बिबाह मण्डप भनेर बनाइएको भवन झारा टार्ने किसिमले निकै कमजोर बनाइएकाले प्राविधिकले तलाथप्न मिल्दैन भनेको बताए ।

भवन पहिल्यै अधुरो छोडिएको थियो । संरचना बलियो र दिर्घकालिन सोचले निर्माण गरेर अधुरै छोडेको भए आउँदाले त्यसमा थप्न मिल्थ्यो तर, त्यस्तो नभएको मेयर खड्काको कथन छ । कमजोर भएर तलाथप्न नमिल्ने भएपछि भएकै अधुरालाई पूर्णता दिन वाध्यता हुँदा बिबाह मण्डप स्वभाविकरूपमा सानो देखिएको उनले बताए । ‘भएकामा जोड्न सक्ने अवस्था रहेन भने तला थप्ने स्थिति पनि नरहँदा सानो भयो । अब छुट्टै भान्सा घर बनाउँदा राहत हुन्छ’ उनले भने ‘अरू त उपायनै भएन ।’

सोनामाईको परिसर हेर्दा फराकिलो देखिए पनि अघिल्तिरका केही जमिन जालझेल गरेर व्यक्तिले आफ्नो नाममा दर्ता गएकाले अहिले नगरपालिका मुद्दा लडिरहेको मेयर खड्काले जानकारी दिए । ‘जमिनको स्वामित्वनै अदालतमा विचाराधिन रहेको स्थान छुन भएन ।’ उनले थपे ‘परिसर थोरै भयो । स्थानीयलाई सबैथोक त्यही चाहिएको छ । भू–अभावकै कारण पनि जनचाहना बमोजिमको पूर्वाधार निर्माण गर्न नसकिने भयो ।’

एक अर्को प्रशंगमा मेयर खडकाले जनताको आँकाक्षा ठूलो छ नगरपालिकाको श्रोत, साधन कम छ, भएको श्रोतलाई प्राथमिकताका आधारमा विकास उपयोग गर्दै जाने प्रयत्न गरेको बताए । ‘दलित आवास योजना’ को उदाहरण दिदैं उनले भने ‘संघीय सरकारको स–शर्त अनुदान अन्तर्गतको योजना हो ।’ औरही नगरपालिकाभरीमा लगभग एकहजार मुसहर परिवार रहेका छन् । संघीय सरकारले हरेक वर्ष दिने वजेटले २९/३० भन्दा बनाउन सकिदैंन । ‘यो हिसावले हरेक वर्ष वजेट आउने हो भने सबै मुसहर परिवारको माटाको घर विस्थापित गर्न १० वर्ष लाग्छ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार