ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (हेर्नुहोस सूचि)

banner

काठमाडौं, १६ असार । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार