एनपिएलको दोश्रो संस्करणको मितिको टुङ्गो लाग्यो

banner

काठमाडौं, ५ भदौ । नेपाल प्रिमियर लिगको दोश्रो संस्करणको टुङ्गो लागेको छ । नेपाल क्रिकेट एशोशियसन (क्यान) ले बिहीबार समाजिक सञ्जालमार्फत मितिको घोषणा गरेको हो ।

क्यानकाअनुसार दोश्रो संस्करणको एनपिएल बिक्रम सम्वत २०८२ मंसिर १ देखि २८ सम्म हुनेछ । उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ । टीमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार