
बर्दिवास, ३१ भदौ । बर्दिवास उद्योग वाणिज्य संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै शान्त समाजलाई अराजक नबनाउन अपील गरेको छ । एक जिम्मेवार राजनीतिक दलको व्यक्तिले लगातार बर्दिवासलाई उत्तेजित बनाइरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘बर्दिवासको होटल तोडफोडमा संलग्न रहेको भनि यस संघका सदस्यहरू, पत्रकारहरू र सामाजिक व्यक्तित्वको फोटो तथा नामसमेत उल्लेख गरी एक जिम्मेबार राजनीतिक दलको व्यक्तिले आफ्नो फेसबुकमा पटक–पटक अतिरंजित तरिकाले पोष्ट गर्नुभएको आधारहीन भ्रामक लेखलाई यस संघ घोर निन्दा गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति

