
बर्दिवास, ४ असोज । महोत्तरी गाउँ–गाउँमा संविधान दिवस मनाइएको छ । मुख्यगरी बर्दिवास, जलेश्वर, रामगोपालपुर, गौशालासहित विभिन्न वडाहमा पनि संविधान दिवस मनाएको खबर प्राप्त भएको छ ।
बर्दिवासको सिन्धुली रोडको तीनकुनेमा नगरपालिकाको आयोजनामा सम्पन्न संविधान दिवस कार्यक्रममा नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, नेकपा(एमाले), नेपाली कांग्रेसका कार्यकर्ता सहभागि थिए । त्यसै बर्दिवासको भोलावसन्त चोकमा नेकपा (माओवादी केन्द्रले संविधान दिवस मनाएको हो ।
सिमसिम पानीलाई वेवास्ता गर्दै नगरपालिको आयोजना भएको संविधान दिवस समारोहलाई एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य दुर्गा दाहाल, प्रदेशसभा सदस्य द्वय भरत साख र शारादादेवी थापासहित नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले सम्बोधन गरेका थिए । दीप प्रज्वलनसहित सूरु भएको सो कार्यक्रममा मुलुकमा विषम परिस्थिति रहेको चर्चा गर्दै नेपाली जनताले पहिलो पटक आफैले बनाएको संविधानलाई नेपाली जनताले नै संरक्षण र संवद्र्धन गर्नु पर्ने वक्ताहरूले वताएका थिए ।

त्यसैगरी भोलावसन्त चोकमा मनाइउको संविधान दिवसमा माओवादी केन्द्रका नेता तथा महोत्तरी इञ्चार्ज प्रकाशहरि पोखरेलले सम्बोधन गरेका थिए । सम्बोधानमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने वताउँदै नयाँ पूस्ताको माग र समायानुकूल यसलाई अझ परिमार्जन र विस्तार गर्न सकिने बताएका थिए । नेपाली जनताले लामो संघर्ष र बलिदानपछि पहिलो पटक संविधानसभामार्फत बनाएको संविधान अहिले घाइते अववस्थामा पुगे पनि निर्वाचनपछि फेरि ट्रयाकमा फर्कने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी बर्दिवासकै वडानं ८ मा पनि संविधान दिवस मनाइएको छ । स्थानीयले स्वतस्फुर्त रूपमा सामुदायिक भवनमा भेलाभई संविधान दिवस मनाएका हुन् । त्यसैगरी महोत्तरीको रामगोपालपुरमा नेकपा(एमाले)ले विशाल र्यालीसहित संविधान दिवस मनाएको छ । सो र्याली रामगोपालपुर चोकमा पुगेर कोणसभामा परिणत भएपछि एमालेका केन्द्रिय सदस्य तथा मधेश सरकारका भौतिक योजना मन्त्री सरोजकुमार यादवले सम्वोधन गरेका थिए । त्यसैगरी जलेश्वरलगायत जिल्लाका विभिन्न स्थानमा शहीदहरूलाई श्रद्धा१जलीसहित संविधान दिवस मनाइएको खबर छ ।
