शेयर वजार : परिसूचक र कारोवार दुवै घट्यो

अर्थ/बाणिज्य

काठमाडौं, ९ असोज । नेपाल स्टक एक्सचेन्ज परिसूचक ९नेप्से० परिसूचक आज सामान्य घटेको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक २।३५ प्रतिशतले घटेको हो । योसँगै बजार २६५२ अंकमा झरेको छ ।

आज बजारमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ४ करोडको कारोबार भएको नेप्सेमा आज कारोबार घटेको हो । आजदेखि बजारमा बिक्री भएका शेयरको दसैँ अगाडि भुक्तानी नहुने भएकोले बजारमा कारोबार घट्दै गएको हो ।

बजारमा आज १०७ कम्पनीको मूल्य बढेको छ । १३९ कम्पनीको मूल्य घट्दा ५ वटाको मूल्य स्थिर रहेको देखिन्छ । बजारमा आज ट्रेडिङ, बैंकिङ, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूहको मूल्य बढ्दा बाँकी समूहको मूल्य घटेको छ । होटल तथा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै १।४९ प्रतिशतको गिरावट देखिएको छ ।

बजारमा आज हिमस्टार ऊर्जा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट सिटी होटलमा ७।५५ प्रतिशतले भएको छ । बजारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३० करोड ९० लाख रुपैयाँको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार