भ्रष्ट्राचारविरुद्ध बर्दिवासका युवाको खबरदारी

banner

बर्दिवास, २५ कात्तिक । बर्दिवासका स्वतन्त्र युवा समूहले यस क्षेत्रमा मौलाउदो भ्रष्ट्राचारविरुद्ध खबरदारी गरेका छन् । सोमबार बर्दिवास चोकमा उनीहरूले र्याली तथा कोणसभा गर्दै यस्तो खबरदारी गरेका हुन् ।

बर्दिवासमा भ्रष्ट्रचार ब्याप्त रहेकाले अब आफूहरूलाई यसको निरन्तरता सह्य नभएको उनीहरूको भनाई थियो । भ्रष्टाचारको विरोध गर्दा जेलहाल्नेसम्मको धम्की दिने कामहरू भएकाले त्यसकाविरुद्ध खबरदारी सभा र र्याली गर्नु परेको उनीहरूले बताए ।

‘मालपोत, यातायात, अस्पताल, रातुमित्र पार्क जताततै बेथिति र भ्रष्टरूचार ब्याप्त छ’ प्रदर्शनकारी युवा मध्येका कपिल रिसालले भने ‘अब बर्दिवासका युवा जागे, अब सहिेर बसिदैन ।’ उनले बन्दै गरेको ‘हाम्रो माया घर’ मासमेत भष्ट्राचार भएको आरोप लगाए । आफूहरू राम्रो कामलाई राम्रो भन्ने तर गलत काम हुन्छ भने डटेर विरोध गर्ने युवा समूह भएको दावी गरे ।

बर्दिवास चोकमा र्याली गर्दै वजार परिक्रमापछि सिन्धुली रोडको तीनकुनेमा कोणसभामा परिणत भएको युवाहरूलाई रिसाललगायतका युवाले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार