आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

धर्म/ज्योतिष

काठमाडौं: पशुपतिनाथको मणि मुकुट,कवज,एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ ।

पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना सर्वसाधारणलाई देखाउने परम्परा रहि आएकाले प्रदर्शन गरिन लागिएको हो ।

आज बिहान १०ः०० देखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

त्यसैगरी, मार्गशीर्ष कृष्ण आमावास्याका दिन मंसिर ४ गते बिहीबार बिहान ९ः०० देखि ११ः४५ बजेसम्म पनि सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाइने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार