दुर्गा प्रसाईलाई २४ घन्टा भित्र सशरीर उपस्थित गराउन सर्वोच्चको आदेश

banner

काठमाडौं:सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन आदेश जारी गरेको छ।

उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेशसमेत जारी गरेको हो ।

प्रसाईंलाई प्रशासनको अनुमति नखेपिकन विरोध प्रदर्शनको चेतावनी दिएपछि सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरिएको थियो। जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर उनकै विरुद्धको म्याद थप गर्दै उनलाई थुनामा राखिएको छ।

थुना प्रक्रिया गैरन्यायिक भएको भन्दै छोराले दायर गरेको रिटमा सर्वोच्चले सरकार पक्षलाई प्रसाईंलाई किन पक्राउ गरिएको हो भन्ने स्पष्ट कारण पेस गर्न निर्देशन दिएको छ ।

साथै, आवश्यक कागजातसहित २४ घण्टाभित्र प्रसाईंलाई अदालतमा पेश गर्न आदेश जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार