पत्याउनुहुन्छ ? पृथ्वीको पानी रित्याईरहेको छ एआई

रोचक समाचार

एजेन्सी, १२ पुस । वास्तवमा एआई प्रविधि कुनै हावामा चल्ने जादु होइन । यसका पछाडि ठूला–ठूला डेटा सेन्टरहरू छन् जहाँ हजारौँ सर्भरहरू दिन रात चलिरहन्छन् । यी सर्भरहरू सञ्चालन हुँदा स्वभाविक रूपमा धेरै तात्ने गर्छन् । अनि उक्त ताप नियन्त्रण गर्न अर्थात् सर्भर चिस्याउनका लागि ठूलो मात्रामा पानी प्रयोग गरिन्छ।

त्यही पानी नै वास्तवमा एआई सञ्चालनका लागि चाहिने इन्धन हो । तर यसबारे आम प्रयोगकर्तालाई प्रायः जानकारी हुँदैन । एक अनुसन्धान अनुसार हाल एआई सम्बन्धित सिस्टमहरूले एक वर्षमा ३०० देखि ७०० अर्ब लिटर पानी खपत गर्छन् । यो मात्रा संसारभर एक वर्षमा विक्री हुने बोतलबन्द पानीभन्दा पनि बढी हो । अर्थात् मानिसहरूले किनेर पिउने पानीभन्दा बढी पानी एआईका मेसिनहरूले चुपचापरूपमा रित्याइरहेका हुन्छन् ।

पानी मात्र होइन, बिजुली पनि

एआई डेटा सेन्टरहरूले व्यापक रूपमा पानी मात्र खपत गर्दैनन् ती चलाउनका लागि ठूलो मात्रामा बिजुली चाहिन्छ । यसरी धेरै उर्जा खपत हुनुको अर्थ हो अधिक कार्बन उत्सर्जन ।

एक प्रक्षेपण अनुसार भविष्यमा एआईबाट उत्पन्न हुने कार्बन फुटप्रिन्ट धेरै ठूला शहरहरूको वार्षिक प्रदूषण बराबर हुन सक्छ । तर यसबारे खुला रूपमा कमै चर्चा हुन्छ किनकि अधिकांश ठूला प्रविधि कम्पनीहरूले आफ्ना डेटा सेन्टरहरूको वास्तविक पानी र बिजुली खपत सार्वजनिक गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार