महोत्तरी १ बाट संघीय सांसदका लागि यी हुन् नेकपाका सम्भावित उम्मेदवार

banner

बर्दिवास, १३ पुस । नेपाली कम्युनिष्ट पार्टी महोत्तरीले आगामी फागुन २१ गते हुनगइरहेको संघीय सांसदका लागि आधा दर्जन सम्भावित नाम सिफारिस गरेको छ । सो क्षेत्रका पार्टी कार्यकर्ताको एक भेलाले यो नाम सिफारिस गरेको बताइएको छ ।

नेकपाले महोत्तरी १ बाट संघीय सांसदमा प्रतक्ष्यतर्फका लागि सिफारिस गरेको नामावलीमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको नामसमेत समेटिएको छ । यो बाहेक गिरिराजमणि पोखरेल, राजु खडका, विदुर कार्की, शशिकला दाहाल, भरत साह, प्रकाश पोखरेल रहेका छन् ।

समानुपातिकतर्फ प्रतक्ष्यभन्दा धेरै ना सिफारिस गरिएका छन् जसमा दीपबहादुर योञ्जन प्रमुख रहेका छन् भने सुरेश राउत, लालबाबु यादव, टेकबहादुर बलम्पाकी, रेखा यादव, मक्केश्वरी महतो, सीता दाहाल, कमल देवकोटा, उर्मिला कार्की, भवानी थापालगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार