
काठमाडौं: नेपालमा राजनिति क्षेत्रमा चासो राख्ने चिकित्सकहरुको संख्या ह्वात्तै बढेको छ। यसले गर्दा चिकित्सकहरु मुलधारको दलिय राजनितिमा प्रत्यक्षरुपा होमिन थालेका छन।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मात्रै सात जना भन्दा बढी चिकित्सकहरुको समानुपानिक सुचिमा पर्न सफल भएका छन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको समानुपातिक तर्फको सूचीमा ७ जना मेडिकल डाक्टरलाई समावेश गरेको छ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा डा. अभिषेक सिंहदेखि डा. अंकिता ठाकुरसम्म रहेका छन्। रास्वपमाको समानुपातिक सूचीमा डा. अभिषेक सिंह, डा. अकिंता ठाकुरसहित डा. मनोहर प्रधान, डा. ओजस्वी शेरचन, रूपक घिमिरे विश्वकर्मा, डा. रामजी राम र डा. रञ्जित परियार रहेका छन्।
सर्लाहीका डा. अभिषेक र धनुषाका डा. रञ्जित मधेशी ‘क्लष्टर’को पुरुषबाट समानुपातिक सूचीमा परेका हुन्। सप्तरीकी डा. अंकिता मधेशी ‘क्लष्टर’ कै महिलाको सूचीमा रहेकी छिन्। दलित पुरूष ‘कलष्टर’बाट रौतहटका डा. रामजी राम र रूपक घिमिरे विश्वकर्माको नाम रास्वपाको समानुपातिक सूचीमा परेको देखिन्छ।
आदिवासी/जनजाति पुरूष ‘क्लष्टर’बाट चितवनका प्राडा. मनोहर प्रधान देखि डा. ओजस्वी शेरचन सम्म रास्वपाको ‘समानुपातिक सूचीमा परेका चिकित्सकहरु हुन।
समानुपातिक सूचीमा परेका डाक्टरहरूमा प्राडा मनोहर प्रधान, डा रञ्जित पञ्जियार, डा रूपक विश्वकर्मा घिमिरे, डा त्रिशला गुरुङ, डा रामजी राम, डा अभिषेकराज सिंह र डा विक्की कुमार पटेल रहेका छन्। उनीहरू सबै आ–आफ्नो क्षेत्रमा सक्रिय स्वास्थ्यकर्मीका रूपमा परिचित छन्।
डा घिमिरे छालारोग विशेषज्ञ हुन भने यसअघि उनी मेडिकल काउन्सिलको सदस्य समेत भइसकेका छन, यस्तै डा सिंह चिकित्सा शिक्षा सुधारको लागि भन्दै पटक-पटक अनशन बस्दै आएका डा गोविन्द केसीको अभियान सुरुवाती समयदेखिनै लागि पर्दै आएका पात्र हुन। पछिल्लो समयमा जेनजी आन्दोलन र त्यसपछि बनेको शुसिला कार्की सरकार गठनमा उल्लेखनिय भुमिका खेलेको सार्वजनिक भएको थियो। यस्तै दलित कस्टरबाट ७६ नम्बरमा समानुपातिक सुचिमा पर्न सफल डा रामजी राम भने चिकित्सा शिक्षा अध्यनमा संघर्ष गरेर अध्यन गरेका र पछिल्ला बर्षहरुमा समाज सुधारको अभियानमा लागेका पात्र हुन।
प्राडा प्रधान लामो समयदेखि चितवनमा रहेर चिकित्सा पेशाका साथै प्राध्यापन पनि गर्छन् । कलेज अफ मेडिकल साइन्सेजमा पछिल्ला १५ वर्षदेखि प्राध्यापनरत डा. प्रधान दुई पटक नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएका थिए।
हुन त रास्वपामा विघटित प्रतिनिधिसभामा समेत चिकित्सकहरुको सहभागिता थियो। विघटित प्रतिनिधिसभामा स्त्रीरोग विशेषज्ञ समेत रहेकी डा. चन्दा कार्की रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन्। यस्तै जनरल सर्जन डा. तोषिमा कार्की ललितपुरबाट प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधिसभामा प्रवेश गरेकी थिइन। केही समय उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेत बनेकी थिइन।
क्लिकल डाक्टर बाहेयक रास्वपाको समानुपातिक सुचिमा विद्यावारिधी(पिएचडी) गरेका डाक्टरहरूको सख्या पनि धेरैनै रहेका छन।
डा.राम लामा, डा.निना रेग्मी पोखरेल, डा. सुदन झा, डा. अभिजित गुप्ता, डा. अरनिको पाण्डे, डा. महेन्द्र लावती, डा. ललिता कुमारी लगायतका पिएचडी गरेका डाक्टरहरु समेत समानुपातिक सुचिमा अटेका छन।
