कांग्रेसका दुई समूहबीच निर्याायक वार्ता हुँदै, यस्ता छन् मध्यमार्गी प्रस्ताव

banner

काठमाडौं, २९ पुस । भृकुीमण्डपमा विशेष महाधिवेशन गरिरहेका गगन थापा र विश्वप्रकाश शर्मासंग वार्ता गर्न देउवा– शेखर समूह कस्सिएका छन् । दुवै समूहले वार्ता टोलीनै बनाएर छलफल गर्न लागेका हुन् । मध्यमार्गी प्रस्तावमा सहमति जुटेमा विशेष महाधिवेशनमा नेपाली कांग्रेसका सवै समूह सहभागि हुने बताइएको छ ।

वाताका लागि गगन–विश्व समूहले प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्यको टोली खटाएको छ भने देउवा–शेखर समूहले बालकृष्ण खाँड,रमेश लेखक, जीवन परियार, मिनेन्द्र रिजाल रहेका छन् । दुवै समूहबीच अहिले बिहानै वार्ता हुने बताइएको छ । उता विशेष महाधिवेशनको बन्द शत्र बिहान ९ वनेदेखि निरन्तर जारी रहनेछ ।

देउवा –शेखर पक्षले तयार गरेको मध्यमार्गी प्रस्तावमा विशेष महाधिवेशनको स्वामित्व पार्टी लिंदै बन्द शत्रको समापनमा सबैजना सहभागि हुने, विशेष महाधिवेशनले पारित गरेका नीति तथा संङ्ल्प प्रस्तावलाई पार्टीको सम्पतिको रूपमा ग्रहण गर्दै आगामी वैशाखमा हुने नियमित महाविधेशनले अनुमोदन गर्ने, निर्वाचनको टिकटमा हस्ताक्षरका लागि पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णकहादुर खडकालाई जिम्मेवारी दिने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार