सर्वोच्चको रोचक फैसला : घुमफिर, मनोरञ्जन र लेनदेन गरेको भरमा पतिपत्नीको नाता हुँदैन

banner

काठमाडौं, २९ पुस । सर्वोच्च अदालतले विवाह भएको मान्न सामाजिक, धार्मिक, सांस्कृतिक रित वा परम्पराअनुसार दाम्पत्य सम्बन्ध स्थापित भएको हुनुपर्ने फैसला सुनाएको छ । अदालतले त्यसो नभए कुनै दस्तावेज, लिखत प्रमाणबाट विवाहको पुष्टि हुनुपर्ने व्याख्या गरेको छ ।

सर्वोच्च अदालतका तीन न्यायाधीशले कुनै महिला र पुरुषबीच चिनाजान र सम्पर्क अनि भावनात्मक सम्बन्ध विस्तार हुँदैमा उनीहरूलाई पति(पत्नी भन्न नमिल्ने व्याख्या गरेको हो। शान्ति चौधरीविरुद्ध चेतना लोकसमको मुद्दामा हालै सर्वोच्चले यस्तो रोचक फैसला गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, शारंगा सुवेदी र बालकृष्ण ढकालको इजलासले शान्ति चौधरीले दावीअनुसारको अंग नपाउने ठहर गर्दै यस्तो फौसला सुनाएको हो ।

‘महिला र पुरुषबीच चिनाजान र सम्पर्क हुन्छ । सुख(दुःखमा परस्पर भावनात्मक सम्बन्ध हुनसक्छ । एकअर्कालाई परेको समयमा सहयोग गरेको र लिनुदिनुको व्यवहार पनि हुनसक्छ । चिठीपत्र र फोन सम्पर्क पनि भएको हुनसक्छ ।

उनीहरू सँगै घुमफिर र मनोरञ्जन गर्न पनि गएको हुनसक्छ । ती सबै व्यवहारहरूले दुई जनाबीच सम्बन्ध र सम्पर्क रहेको तथ्य स्थापित हुन्छ । तर, ती व्यवहारहरूको आधारमा दुई जनाका बीच वैवाहिक सम्बन्ध नै कायम रहेको हो भनी परिभाषित गर्न मिल्दैन ’ फैसलामा उल्लेख छ ।

भक्तपुरका चुडाबहादुर श्रेष्ठले पहिलो पत्नीको निधनभएपनि चेतनासंग दोश्रो बिबाह गरे । पहिली पत्नीबाट जन्मिएको सन्तानलाई चेतनाले हुर्काइन । तर, एक्कासी २०६० सालमा शान्ति चौधरीले चुडाबहादुर आफ्नो पति भएको दावी गर्दै जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरिन । जिल्ला र पुनरावेदन अदालतले शान्तिको दावी खारेज गरेपछि मुद्दा सर्वोच्च अदालत पुग्यो । सवोच्च अदालतले शान्ति चौधरीले पेश गरेको तीन वटा प्रमाणका आधारमा पतिपत्नी भएको ठहर गर्दै चार भागमा एक भाग अंश पाउने फैसला सुनायो ।

शान्तिले चुडाबहादुरलाई मृगौला दान गर्दा पत्नी भनेर सम्वोधन गर्दै हस्ताक्षर गरेको, उनीहरू थाइल्याण्ड जाँदा त्याहा राजाले शान्तिलाई चुडाबहादुरको पत्नी भनेर सम्बोधन गरेको कागज र चुडाबहादुर वषिज्य बैकमा खाता खोल्दा इच्छाएको व्यक्तिमा शान्तिको नाम लेखेको कागजका आधारमा सर्वोच्चले जिल्ला र पुरावेदनको फैसला उल्टाउदै दुवैबीच पतिपत्नीको सम्वन्ध रहेको ठहर गरेको थियो । यो फैसलापछि चुडाबहादुरकी पत्नी चेतनाले शान्तिविरुद्ध थप प्रमाण जुटाउँदै सर्वोच्चमा पुनरावलोकन दर्ता गराएकी थिइन ।

शात्लिे चुडाबहादुसंग २०५० सालमा बिहे गरेको दावी गरेकी तिइन तर चेतनाले २०५० सालपछि शान्तिले अर्का एक पुरुषविरुद्ध अंश मुद्दा हालेको चतनाले प्रमाण फेला पारिन । त्यति मात्र होइन चुडाबहादुरसंग मुद्दा लडिरहँदा पनि ती अर्का पुरुषसंगको मुद्दा चलिरहेको पाइयो । अनि शान्तिले २०५१ सालमा पासपोर्ट बनाउँदा सो पासपोर्टमा चुडाबहादुरको नाम होइन अर्कै व्यक्तिको नाम भेटियो ।

एक महिलाको एकै समयमा दुई पति रहेको निक्र्योल हुनुका सार्थ शान्तिले यसलाई प्रष्ट पार्ने बिबाह दर्ताको प्रमाणसमेत पेश गर्न नसकेकाले सर्वौच्चले यसअघिको आफ्नै फैसला उल्टाउदैं नाता कायम हुन नसकेकाले अंश नपाउने ठहर गर्यो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार