घ्याङखेल बैंक लुटपाटमा घरधनीका जेठान मुख्य योजानाकार !

banner

सिन्धुली, १ माघ । सिन्धुलीको घ्याङखेलस्थित एसबिआई बैंक लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार थप एक व्यक्ति पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति बैंक रहेको घरधनीका जेठान भएको खुलेको छ ।

पक्राउ पर्ने त्यहीँका बासिन्दा चतुरमान बैज्यु हुन् । उनी बैंक लुटपाटका मुख्य योजनाकार रहेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । बैंक रहेको घरका धनी छविलाल स्याङ्ताङ पहिल्यै पक्राउ परेका थिए ।

उक्त घटनामा प्रहरीले हालसम्म २ जना स्थानीय, १ चालक गरी ५ जना लुटेरा पक्राउ गरिसकेको छ । थप २ जना फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार