विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मान्यता, देउवा भए पार्टी बिहीन

banner

बर्दिवास, २ माघ । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ ।

अब रुख र चारतारे झण्डा गगन नेतृत्वको कांग्रेसले प्रयोग गर्ने छ भने शेरबहादुर देउवालाई अर्को पार्टी खोल्न दिने भएको छ ।

आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।

अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।

निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार