
काठमाडौं, २ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका उपसभापति पूर्णबहाुर खड्का निर्वाचन आयोगमा पुगेका छन् । शुक्रबार साँझ आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि उनी आयोग परिसर पुगेका हुन् ।
उनले आयोगको निर्णय आफूहरुलाई मान्य नहुने बताए । वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उनले बताए । उनले सबै सेटिङमा भएको समेत बताए ।
प्रक्रियागत रुपमा षड्यन्त्रपूर्ण रहेको बताउँदै उनले आयोगको निर्णय कांग्रेसको विधान विपरीत रहेको समेत बताए ।
