अब नयाँ जीमेल आईडी बनाउने झन्झट सकियो १ आफ्नो पुरानो खातामा नाम परिवर्तन गर्न सकिने

विज्ञान प्रविधि

एजेन्सी, ३ माघ । गुगलले विस्तारै नयाँ फिचर सार्वजनिक गरिरहेको आधिकारिकरूपमा पुष्टी गरेको छ । जसको सहायताले अब प्रयोगकर्ताले आफ्नो पुरानो जीमेल आइडी बदल्न सक्नेछन् । यो परिवर्तको दौरान प्रयोगकर्ताका जीमेल, गुगल फोटो, ड्राइभ फाइललगायत सबै डाटा सुरक्षित रहनेछन् ।

यसमा खास कुरा के छ भने यसी परिवर्तन गर्दा पुरानो इमेलको ठेगाना पनि हटने छैन, बरु यो एउटा उपनामको रूपमा रहनेछ । यसको अर्थ प्रयोगकर्ताले पुरानो इमेलमा आउने मेलहरू यो नयाँमै पाउनेछन् । यो फिचर खासगरी ती मानिसका लागि उपयोगी हुनेछ जो आफ्नो वषौ पुरानो जीमेल नामबाट वाक्क भएर त्यसलाई बदल्न हचाहन्छन् ।

यसका शर्त
गुगगलको यो नयाँ स्किम फाइदाकारी त छ तर यसका केही शर्त छन् । जस्तो तपाइले एक वर्षसम्म कुनै अर्को जीमेल एकाउन्ट खोल्न पाउनुहुने छैन । तपाई कुनै पनि समय आफ्नो पुरानो एकाउन्टमा फर्कन सक्नुहुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार