आशिका तामाङ्ग धाधिङ–१ मा रास्वपा उम्मेदवार

राजनीति

बर्दिवास, ५ पुस । सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने भएकी छन् । तामाङलाई धादिङ–१ बाट चुनाव लड्न रास्वपाले टिकट दिएको छ ।

आशिकाले यसअघि काठमाडौं–२ वा ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । तर उक्त घोषणाबाट पछि हटेर उनी धादिङ–१ बाट रास्वपा उम्मेदवार बनेकी हुन् । आशिकाको जन्मथलो यँही हो ।

आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेन्डा अघि सारेकी थिइन् । उनको प्रस्तावमा तीनजना जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूचीमा समेटिएको छ भने केन्द्रीय समितिमा पनि लैजाने सहमति भएको छ ।

रास्वपा सरसफाइ लगायत समाजिक अभियानमा सक्रिय छन् । उनी जर्मनीको बसाइ छोडेर चुनाव लड्ने ध्येयसहित नेपाल आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार