सुनको भाउ सुन्दा कहाली लाग्ने गरी बढ्यो

अर्थ/बाणिज्य

बर्दिवास, ७ पुस । नेपाली बजारमा सुनको भाउले ऐतिहासिक रेर्कड कायम गरेको छ । बुधबार एकैदिन सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १० हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो ९मंगलबार० दिन २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ उच्च दरले बढेसँगै नेपालमा प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ ।

चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार