रेशम चौधरीको उम्मेदवारी खारेज, आशिका तामाङ्गको के हुन्छ ?

banner

बर्दिवास, ८ पुस । कैलाली क्षेत्रनं. १ बाट प्रतिनिधिसभा उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरिएको छ । उजुरी परेकामध्ये माधव नेपाल, राजिव खत्रीलगायतको दावी नपुगेकोभन्दै निर्वाचन आयोगले उम्मेदवारी कायम हुने जनाएको छ ।

धादिङ क्षेत्रनं. १ बाट उम्मेदवार बनेकी भाइरल महिला आसिका तामाङ्गको उजुरी नपरे पनि उम्मेदवारी खारेज हुनसक्ने बताइएको छ । उनलाई फौजदारी मुद्दामा अदालतले दोषी करार गरेकाले उम्मेदवार हुन अयोग्य ठहर्याएको हो । रेशम टिकापुर घटनामा दोषी ठहर भई अदालतले जन्मकैदको फैसला सुनाएको तर राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति हुन ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ जिल्लाको क्षेत्रनं. १मा प्रतिनिधिसभाको उम्मेदवार भएकी आशिका तामाङ्गको पनि उम्मेदवारी रद्द हुने प्रकृयामा रहेको श्रोतको दावी छ । आशिका जर्मनकी नागरिक भएको र त्यो नत्यागेको जनआस्थामा समाचार प्रकाशित भएको थियो । आशिकाले जर्मको पिआर नत्यागेको श्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार