डलरको भाउ अहिेसम्मकै उच्च, अन्यको के छ ?

अर्थ/बाणिज्य

बर्दिवास, ९ माघ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दरमा अमेरिकी डलरले उच्च अहिलेसम्मको उच्च बिन्दु छोएको हो ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २२ पैसा र बिक्रीदर नौ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ९८ पैसा र बिक्रीदर २१ रूपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३९ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ १५ पैसा र बिक्रीदर ४० रूपैयाँ ३१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६७ पैसा र बिक्रीदर चार रूपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ४० रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ १५ पैसा र बिक्रीदर १६ रूपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ९२ पैसा र बिक्रीदर २३ रूपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार