
बर्दिवास, १० माघ । झापामा उम्मेदवारी दर्तापछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का बरिष्ठ नेता बालेन्द्र साह पूर्वी पहाड भ्रमणमा ब्यस्त छन् । यही क्रममा उनी आज तेह्रथुमको सदरमुकाम बसन्तपुर पुगेका हुन् ।
बालेन जहाँ जान्छन् मान्छेको भिडले पछ्याउने गरेको छ । तेह्रथुममा पनि उनलाई हेर्ने र भेट्नेको भिड लागेको देखिएको छ । बालेनले तेह्रथुममा चोलुङ पार्कको समेत अवलोकन गरे। त्यसअघि रास्वपा तेह्रथुमको उम्मेदवार सुरेन्द्र कार्कीले म्याङ्लुङ देवीको दर्शन गर्नुका साथै स्थानीयसँग संवाद गरेका थिए।
