
बर्दिवास, १० माघ । राष्ट्रिय सभा निर्वाचनको भोली ११ गते मतदान हुँदैछ । मतदानका लागि बिहान ९ वजेदेखि ३ वजेसम्मको समय निर्धारण गरिएको छ ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। जसमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ। नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध भएका हुन्। यता एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन्।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखरअध्यक्ष र उपप्रमुख(उपाध्यक्ष मतदाता हुन्छन्। राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहलाई १९ मतभार र प्रदेश सभा सदस्य तर्फ ५३ मतभार कायम गरिएको छ। केही प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरुको नाम हटाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन्। बाँकी एउटा पदमा लोकतन्त्रिक समाजवादी पार्टी ९लोसपा०का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेका छन्।कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २र२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २र२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन्।भागवण्डा अनुसार कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन्।
मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन्।बागमती प्रदेशमा कांग्रेसले गीता देवकोटा र एमालेले प्रेम दंगाललाई उम्मेदवार बनाएको छ। गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा उम्मेदवार छन्। लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन्।कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार रहेका छन्।नेपाली कम्युनिस्ट पार्टीले सबैतिर एकल उम्मेदवारी दिएको छ।
