
बर्दिवास, १० माघ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनलाई शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।
एमालेको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अग्रवालले नेकपा (एमाले) तीन पुस्ताको पार्टी भएको उल्लेख गरे । उनले आफ्नो बाबु, आफू र आफ्नो छोरा समेत एमालेसँग आबद्ध रहेको बताउँदै एमालेप्रति आफ्नो परिवारको लामो राजनीतिक सम्बन्ध रहेको स्पष्ट पारे। देशमा धेरै राजनीतिक दल भए पनि एमाले राष्ट्र र राष्ट्र प्रेमले ओतप्रोत पार्टी भएको उन्को दाबी छ।
एमाले प्रवेशलाई कुनै व्यक्तिगत स्वार्थ नभई समयको आवश्यकता भएको उल्लेख गर्दै अग्रवालले यसलाई राजनीतिक यात्रा मात्र नभई आर्थिक सुधारको अभियानसमेत भएको बताउ । ‘पुँजी बजारको सुरक्षित भविष्यका लागि एमाले मा प्रवेश गरेका छौँ,’ उन्ले भन्े।
उन्ले नेपाली शेयर बजारलाई ‘नेपाली आमाको सम्मान र पहिचान’ का रूपमा व्याख्या गर्दै बजारको संरक्षण र भविष्य सुरक्षित गर्न एमालेको सरकार आवश्यक रहेको धारणा व्यक्त गरे ।
