
बर्दिवास, ११ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा जित्ने सुरक्षित ठाउँ खोज्दै रुकुमपुर्व पुगेका नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई अब जित्न सोचेजस्तो सजिलो नहुने भएको छ । उनलाई आफ्नै कार्यकर्ता शहीद पुत्रले काउन्टर दिने भएपछि यो आपत आइलागेको हो ।
नेकपा (एमाले) र प्रगतिशिल लोकतान्त्रिक पाटी (प्रलोपा) बिच तालमेल हुने भएपछि प्रचण्डलाई यो निर्वाचन जितेर सांसद बन्न सजिलो नहुने भएको बताइन्छ । रुकुमपूर्वमा प्रचण्डको अब सिधा प्रतिस्पर्धा शहीद पुध जेनजी युवा सन्दीप पुनसंग हुने गलभग पक्क भएको छ । एमाले र प्रलोपाबीच रुकुमपूर्व तथा रुकुम पश्चिममा एमालेले प्रलोपालाई सभाउने सहमति भएको छ । यस वापत प्रलोपाले पुरानो गण्डकी अञ्चलमा एमालेलाई सभाउने छ ।
यसअघि सो क्षेत्रबाट माओवादीका पूर्णबहादुर घर्ती मगरले १२ हजार २ सय ६२ मत प्राप्त गरी विजयी हुँदा एमालेले प्रतक्ष्यतर्फ ५ हजार ५ सय ११ मत पाएको थियो । समानुपातिक तर्फ भने माओवादीले ८ हजार २ सय ७१, एमालेले ३ हजार ६ सय ५९ मत प्राप्त गर्दा नेपाली कांग्रेसले ५ हजार ६ सय ५२ मत प्राप्त गरेका थिए । रास्वपालगायत अन्यले ५ सय मत कटाएका थिएनन् ।
अहिले प्रचण्डसंगै छुट्टिएका, युवा अनि स्थानीय त्यसमा एमालेको टेकोले पुनलाई प्रचण्डसंग पतिस्पर्धा गर्न सक्ने शक्ति मिलेको बताइन्छ ।
