
बर्दिवास, १२ माघ । आइतबार(हिजो) भएको राष्ट्रि सभा निर्वाचनले सो सभाको समिकरण मात्र बदलि दिएको होइन राष्ट्रिय राजनीतिको समिकरण फेरिदिएको छ । आइतबार भएको निर्वाचनबाट राष्ट्रिय सभामा अब कांग्रेस बढेको नेकपा घटेको र एमाले जत्तिकोतत्ति रहेकाले समिकरण बदलिएको हो ।
राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् र हरेक दुई वर्षमा २० जनाको पदावधि समाप्त हुन्छ । सो पदावधि सकिनेको रिक्त स्थान नयाँ निर्वाचनबाट पुर्ति गरिदैं जाने प्रकृया हुन्छ । अहिले निर्वाचित भएका १८ जना र सरकारको सिफारिसमा मनोनित १ जनाले औपचारिक रूपमा फागुन २०)पछि मात्र प्रवेश पाउनेछन् ।
यसअघि राष्ट्रिय सभामा कांग्रेसको १६ जना थिए ९ जना थपिदा २५ पुगेको छ । नेकपाको २५ जना थिए आगामी २० फागुनमा ८ जनाको पदावधि सकिदा सो पार्टीको कोही नथपिएकाले घटेर १७ जनामा खुम्चिएको छ, एमालेको १० जना थिए ८ जनाको पदाविधि २० फागुनमा सकिन्थ्यो ८ जनानै नयाँ थपिएकाले सो पार्टीको जत्तिको त्यतिकै अर्थात १० को १० भएको छ भने १ जना जसपालाई घाटा लागेको छ । सो पार्टीको २ जनाको पदावधि सकिनेमा १ जना महन्थ ठाकुर मात्र नयाँ थपिएकाले उसको पनि संख्या घटेको हो ।
संसद भन्नाले प्रतिनिधिसभार राष्ट्रिय सभालाई जनाउँछ । प्रधानमन्त्री छान्ने प्रतिनिधि सभाले हो कानुन निर्माणदेखि संविधान संशोधनसम्म राष्ट्रिय सभाको अहम् भूमिका हुन्छ । कानुन बनाउन प्रतिनिधिसभाजस्तै राष्ट्रिय सभामा पनि बहुमत चाहिन्छ भने संवधान संशोधनमासमेत प्रतिनिधि सभाजस्तै राष्ट्रिय सभाको दुई तिहाई अनिवार्य हुनै पर्ने व्यवस्था संविधानमा उल्लेख छ । राष्ट्रिय सभाको यो समिकरणले अहिले संविधान संशोधनको एजेण्डा बाकेर मत मागि रहेका प्रतिनिधि सभाका नयाँ पार्टीलाई निकै गाह्रो मात्र होइन असम्भव बनाएको छ ।
