हर्क र बालेनलाई आयोगको स्पष्टिकरण

banner

बर्दिवास १३ माघ । श्रम संस्कृति पार्टीका अध्यक्ष सुनसरी –१ बाट प्रतिनिधि सभा उम्मेदवार हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा झापा –५ बाट उम्मेदवार बालेन्द्र साह (बालेन) लाई आचारसंहिता उल्लंघन गरेकोभन्दै निर्वाचन आयोगले तीन दिने स्पष्टीकरण सोधेको छ । साम्पाङले चुनावी अभियानमा बालबालिका प्रयोग गरेकोभन्दै उजुरी परेपछि स्पष्टीकरण सोधेको हो ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराइएको छ ।

बालेनविरुद्ध भने निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोपसहित निर्वाचन आयोगमा उजुरी परेको हो । उनलाई धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

साहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको दाबी गरिएको छ । यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको निवेदनमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार