मधेशीलाई लठ्याउने गगनका भनाई

banner

बर्दिवास १३ माघ । सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति गगन थापा पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र आएका छन् । काठमाडौँबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका थापालाई ठुलो संख्यामा पार्टीका समर्थक तथा कार्यकर्ताले स्वागत गरे ।

‘अब की बार, गगन सरकार’ मुख्य नारासहित पार्टीका नेताकार्यकर्ताले सभापति थापाको जयजयकार गरेका थिए । सर्लाहीको धनकौल गाउँपालिकास्थित कांग्रेस क्षेत्रीय कार्यालय रहेको धनकौल बजारमा समर्थक तथा कार्यकर्तालाई सम्बोधन गर्दै गगनले आफू नेता बन्न नभई जनताको ‘बेटा’ र सेवक बनेर काम गर्न सर्लाही आएको बताए । चुनाव जितेपछि आगामी ५ वर्ष यहाँका जनतासँगै बसेर शिक्षा, स्वास्थ्य, कृषिको विकासमा काम गरेर देखाउने सभापति थापाको प्रतिबद्धता छ ।

अरू नेताजस्तो एक दिनका लागि मधेसी भाषामा सम्बोधन नगर्ने बताउँदै सभापति थापाले आगामी दिनमा यहाँको संस्कार, भाषा, रहनसहन, सामाजिक रूपमा आफूलाई रूपान्तरण गरेर देखाउने दाबी गरे । उम्मेदवार बनेर आएपछि आफूप्रति यहाँका जनताले देखाएको माया र उत्साहले थप ऊर्जा प्रदान गरेको भन्दै उनले आभार व्यक्त गरे ।

अबको ३ दिन उनी सर्लाही–४ का मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम छ । थापा सर्लाही–४ मा निवर्तमान सांसद अमरेशकुमार सिंहसँग चुनावी प्रतिस्पर्धामा छन् । सिंह २०७० सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् भने यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार