बारा घटनाको गुथ्थी : बिबाहेत्तर सम्वन्धले बनायो मनितालाई पति र सासूको हत्यारा

समाचार

बर्दिवास, १६ माघ । बिबाहेत्तर सम्वन्धले मनिता देवी मण्डललाई परिवारकै हत्या गर्ने मनस्थितिमा पुर्याएको पाइएको छ । बाराको परवानीपुरमा आमा–छोरोको हत्या, बाबुर छोरी घाइते भएको घटनामा प्रहरी अनुसन्धानबाट यस्तो सम्वन्धको खुलासा भएको हो ।

मनिताले प्रेमीसंग मिलेर चारै जनाको हत्या गर्ने योजना बनाए पनि बाबु र छोरी भाग्न सफल भएकाले जागिएको प्रहरी अनुसन्धानले बताएको छ । घरमा सबैजना खाना खाएर सुतेपछि प्रेमीलाई बोलाएर पहिले पतिको घाँटी रेटेर हत्या गरेको अनि सासूको हत्या गरेको पाइएको छ । बाबुर छोरी कहालिएर भाग्न सफल भएको र त्यसले छिमेकीले चाल पाएकाले उनीहरू जोगिएका थिए ।

मनिताकाृ ६ वर्षअघि हाल २८ वर्षीय रामचन्द्र मण्डलसंग बिबाह भएको थियो । घरमा ५० वर्षीय बुवा जगरुक मण्डल, ४५ वर्षीयाा आमा सुमित्रादेवी मण्डल र छोरी विणाकुमारी थिइन् मनिता आएपछि ५ सदस्यीय परिवार भयो राम्रै चलेको थियो । मनिताको अबिबाहित धर्मेन्द्र महतोसंग अवैध सम्वन्ध थियो । दन वित्दै जाँदा सो कुरा परिवारमा थाहा भएपछि कलह सुरु भएको थियो ।

सोही कलहको सुलह गर्न वैदेशिक रोजगारीमा दुवई रहेका धर्मेन्द्रलाई मनिताले बोलाएर हत्याको योजना कार्यान्वयन गरेको प्रहरीले जनाएको छ । गाउँले जागा भएपछि प्रेमी धर्मेन्द्र फरार भए भने मनिता आफूलाई पनि मार्न खोजेकाले घाइते भएको नाटक गरेकी थिइन् । प्रहरीले सोध्दै जाँदा उनको संलग्नाको आधार भेट्यो । अहिले उनले अपराध स्वीकार गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार