गण्डकी बन्यो टाइगर कपको च्याम्पियन, पुलिस हेरेको हेर्यौ

खेलकूद

काठमाडौं, १७ माघ । गण्डकी प्रदेश भलिबल संघ टाईगर कप भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शनिबार विभागीय टिम पुलिसलाई हराउँदै गण्डकी प्रदेशले प्रतियोगिताको उपाधि उचालेको हो ।

गण्डकीले पुलिसलाई ३–१ को सेटमा पराजित गर्यो ।

पहिलो सेट गुमाएपनि लगातार तीन सेटमा जित निकाल्दै गण्डकी च्याम्पियन बन्यो ।

गण्डकीले २३–२५, २८–२६, २५–२२, २५–१६ को सेटमा जित हासिल गर्यो ।

यसअघि आजै भएको खेलमा आर्मीलाई हराउँदै पर्वत तेश्रो बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार