
काठमाडौं, १७ माघ । पुष्पसदनले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सफलता हात पारेको छ ।
स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा पुष्पसदनले बाल दीक्षा सदनलाई ४५–३६ ले पराजित ग¥यो । पुष्पसदनका सम्राट लामाले २४ अंक जोडे । सिनियर ब्वाइजमै रेडियन्ट पब्लिकल ओरेकल रेलाई ५७–३६ ले हरायो । रेडियन्टका सुसनराज न्यौपानेले १४ स्कोर गरे ।
सिनियर गल्र्समा रेडियन्ट पब्लिकले बाल दीक्षालाई २१–९, एक्सेल्सियरले ल्यान्डमार्क एकेडेमीलाई २०–१७ र चाँदबागले न्यु जेनिथलाई २९–९ ले पाखा लगाए । रेडियन्टकी सेजल रोक्काले ९, एक्सेल्सियरकी सीमा थापा मगरले ७ र चाँदबागकी सौर्य बाराकोटीले ६ अंक बटुले ।
