सर्लाहीमा गुप्ताले पाए आमाको नामबाट नागरिकता

banner

बर्दिवास, २० माघ । सर्लाही जिल्ला प्रशासन कार्यालयले सोमबार पहिलो पटक लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई आमाको नामबाट नागरिकता प्रदान गरेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए ।

‘ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको छ,’ प्रमुख जिल्ला अधिकारी कँडरियाले भने, ‘योसँगै बुबाको अत्तोपत्तो नभएका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको छ ।’ यसबाट जिल्लाका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या हल हुने अपेक्षा गरिएको उनले बताए ।

‘आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु । नेपाली नागरिकबाट नेपाल भूगोलमा जन्मिएको एउटा सन्तानले आफूलाई नेपाली करार गर्न गर्नुपरेको सङ्घर्ष पीडादायी र चुनौतीपूर्ण छ,’ नागरिकता पाएपछि गुप्ताले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार