
काठमाडौं, २० माघ । व्यक्तिगत सरसफाइ र सौन्दर्यको लागि दैनिक प्रयोग हुने केही सामाग्रीहरुमा अत्याधिक सिसा (लिड)को मात्रा भएको भेटिएको छ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र ९सेपेड०ले लामो समय लगाएर गरेको एक सिम्बोलिक रिसर्जमा मुखरदाँतको सरसफाइको लागि दैनिक प्रयोग हुने टुथपेस्ट,तथा सौदर्यको लागि प्रयोग गरिने काजल, सिंदुर, लिपिष्टिक जस्ता सामाग्रीहरुमा मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक मानिने लिडको मात्रा अत्याधिक भएको भेटिएको हो।
सेपेडले ‘लिड एक्सपोजर एलिमिनेसन प्रोजेक्ट अमेरिका’ को प्राविधिक तथा आर्थिक सहयोगमा गरेको उक्त सिम्बोलिक रिसर्जले देशका प्रमुख शहरहरु
प्रमुख शहरहरु काठमाडौं, पोखरा, बिराटनगर र जनकपुरमा अक्टोबरदेखि डिसेम्बर २०२५ सम्म ती चार शहरका खुद्रा पसलबाट १०० नमुना (३१ टुथपेस्ट, ४० सिन्दूर र २९ गाजल) जस्ता सामार्गीहरुको स्याम्पल संकलन गरेर अध्यन गरेको थियो।
यसरी संकलन गरिएको उक्त स्याम्पलहरुलाई ‘एटोमिक एब्जोर्प्सन स्पेक्ट्रोस्कोपी’ (एएएस)बिधिबाट गरिएको प्रयोगशाला परीक्षणमा ३१ प्रतिशत स्याम्पलमा अत्याधिक लिड भेटिएको हो।
लिड भेटिएका नमुनामध्ये ८७ प्रतिशतले युरोपियन युनियनले तोकेको ०.५ पीपीएम र ७७ प्रतिशतले अमेरिका तथा क्यानडाले निर्धारण गरेको १ पीपीएमको कडा मापदण्ड पार गरेका छन्। नेपालमा सौन्दर्य सामग्रीका लागि स्वेच्छिक रूपमा तोकिएको १० पीपीएम मापदण्डसमेत ५१ प्रतिशत नमुनाले उल्लङ्घन गरेका छन्।
उत्पादनअनुसार सिन्दूर सबैभन्दा उच्च जोखिमयुक्त देखिएको छ। परीक्षण गरिएका सिन्दूरमध्ये ४० प्रतिशत नमुनामा सिसा भेटिएको छ भने केही नमुनामा १२४ पीपीएमसम्म सिसा पाइएको छ। टुथपेस्टका ४५ प्रतिशत नमुनामा सिसा भेटिएको छ, जसमा बालबालिकाका लागि भनेर बजारमा उपलब्ध केही ब्रान्डसमेत समावेश छन्। गाजलमा सिसा भेटिने मात्रा कम भए पनि आँखामा प्रत्यक्ष प्रयोग हुने भएकाले यसको स्वास्थ्य जोखिम उच्च रहेको अध्ययनले जनाएको छ।
प्रदेशगत रूपमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी ९४२.५ प्रतिशत नमुनामा सिसा भेटिएको छ। अध्ययनले ‘हर्बल’ वा ‘प्राकृतिक’ भनेर बिक्री हुने उत्पादनहरू समेत सिसाबाट सुरक्षित नरहेको तथ्य उक्त सिम्बोलिक रिसर्जले देखाएको छ।
मन्जन मध्ये पेप्सोडेन्ट, कोलगेट, दन्त कान्ति, क्लोज अप, डाबर रेड जस्ता ब्रान्डमा सिसाको मात्रा पाइएको हो । पतञ्जलीको गाजलमा पनि सिसाको मात्रा पाइएको अध्ययनमा प्रतिवेदनमा भनिएको छ ।
बालबालिकाहरुको शरिरमा लिडको मात्रा प्रवेश गर्दा बौद्धिक क्षमता (आईक्यू) घट्ने, सिकाइमा समस्या आउने, ध्यान अभाव तथा एडीएचडी जस्ता व्यवहारिक समस्या देखिने र दिर्घकालिन रुपमा अत्याधिक लिडको मात्रा प्रयोग हुदाँ दृष्टि र श्रवण क्षमतामा कमी, स्नायु प्रणालीमा असर तथा शैक्षिक उपलब्धि कमजोर हुने जोखिम पनि बढ्ने गर्छ ।
गर्भवती र प्रजनन उमेरका महिलामा सिसाको असर झन् गम्भीर स्वास्थ्य समस्या निम्ताउने हुँदा सरकारले यस बिषयमा बेलैमा ध्यान दिनु पर्ने सेपेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहको भनाइ छ। वातारण वैज्ञानिक साहले भने ‘ हामीले गरेको सिम्बोलिक अध्यनमा दैनिक रुपमा हामीले प्रयोग गरिएका केही सरसफाइको सामाग्री र सिदुर,गाजल, लिपिस्टिक जस्ता सौदर्यको सामाग्रीमा अत्याधिक लिडको मात्रा भेटिएको छ,अब यसलाई न्युनिकरण गर्न सकिएन भने मानव स्वास्थ्यमा भविष्यमा ठूलै असर पर्ने देखिन्छ’।
हाल सम्म सौदर्य र केही व्यक्तिगत सरसरफाइका सामाग्रीहरु औषधीजन्य सामाग्रीक रुपमा कानुनमानै नसमेटिएको हुँदा यस्ता सौदर्य तथा टुथपेस्ट जस्ता व्यक्तिगत सरसफाइका सामाग्रीहरुको गुणस्तरियतामा काम गर्न औषधी व्यवस्था विभागलाई अप्ठ्यारो भएको हुँदा छिट्टै औषधी ऐन संशोधन गरेर यस्ता सामाग्रीहरुलाई पनि औषधीजन्य सामाग्रीमा समेटेर गुणस्तर मापन गरिने औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको भनाइ छ।
‘अहिलेसम्म सौदर्यका सामाग्रीहरु औषधी जन्य सामाग्रीमा समेटिएको छैन तर यस्ता सामाग्रीहरुमा मानव स्वास्थ्यलाई हानी गर्ने रसायनहरु छन भन्ने हामीले यस्तै रिसर्जबाट थाहापाइ रहेका छौँ त्यसैले छिट्टै औषधी ऐन संशोधन गरेर यस्ता सौदर्यजन्य सामाग्रीहरुको गुणस्तरियता मापन गर्ने हाम्रो तयारी छ’।औषधी व्यवस्था विभागका महानिर्देशक ढकालले भने।
यता बरिष्ठ दन्तरोग विशेषज्ञ समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले विभिन्न ब्रान्डहरुमा बजारमा पाइने यस्ता विषाक्त सामाग्रीहरुको निगरानी अब गर्नु पर्ने बताउछन। ‘ टुथपेस्ट,लिपिस्टिक,काजल जस्ता हामीले दैनिक प्रयोग गर्ने यस्ता सामाग्रीहरुमा अत्याधिक लिडको मात्र भेटिएको छ भन्ने सिम्बोलिक सिसर्जले देखाएको अवस्थामा,यसबारेमा अझै वृहत रिसर्ज गरेर भविष्यमा के गर्न सकिन्छ भनेर अघि बढ्नु पर्छ किन भने अत्याधिक लिडको मात्रा मानव शरिरमा प्रवेश गरेको खण्डमा बौद्धिक क्षमता घट्ने देखि अन्य गम्भिर खालका स्वास्थ्य समस्याहरु पनि देखाउने गर्छ’।
विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यका लागि सिसाको कुनै पनि मात्रा सुरक्षित नहुने स्पष्ट गरेको छ। अध्ययनले उपभोक्ताहरूलाई सामग्री खरिद गर्दा ‘लिड फ्री’ लेबल भएको उत्पादन छनोट गर्न, शिशुमा परम्परागत रूपमा काजल लगाउने अभ्यास कम गर्न तथा उत्पादक र विज्ञापनकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको छ।
