
बर्दिवास, २० माघ । आफ्ले उम्मेदवारी दिएको क्षेत्र झापा –५ पुगेर रास्वपाका नेता बालेन्द्र साहले झापा–५ का सुकुम्बासीलाई नहटाइने बताएका छन् । यहाँ सुकुम्बासीले लालपुर्जा पाउनु पर्ने उनले बताएका छन् ।
बालेनले भने काठमाडौंको भन्दा यहाँको सन्दर्भ फरक रहेको बताउँदै डोजर नलाग्ने आश्वासन दिए । उनले भने, ‘काठमाडौंको खोलाछेउको सार्वजनिक जग्गा हो । त्यो खोलाकै जग्गा हो । उहाँहरूकै ज्यानको सुरक्षाका लागि हटाएका हौँ । बाढी आउँदा बस्तीभन्दा माथिसम्म आउँछ । बर्खा लाग्दा असारमा निकालेर अर्को ठाउँ लैजानुपर्छ । जोखिममा रहेकालाई ज्यान जोगाउन सेफ ठाउँमा राखिएको हो । तर, डोजरको गलत न्यारेटिभ बनाइयो ।’
‘खोलाछेउ बाहेकका सुकुमबासीको हकमा भूमि आयोगबाट लगत संकलन गरेर स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले ९लालपुर्जा० दिनुपर्छ । यहाँको रियल हो नि त । ४०र५० वर्षदेखिको ९समस्या० हो । भूमि आयोगमा राजनीतिक पार्टीको मान्छे टीका लगाएर जाने प्रवृत्ति छ । पार्टीसँग नजिक भएकाहरूले एउटा लालपुर्जा भए पनि अर्को पाउने भयो । जिन्दगीमा लालपुर्जा नभएकाले कहिले लालपुर्जा नपाउने भए । त्यो सिस्टम सुधार्नुपर्यो भन्ने हो,’ उनले भने ।
एक युवाले भन्छन्, ‘बालेन साहले उठाइदिन्छ भन्ने छ । हामीले सम्झाइरहेका छौँ । उठाइदिन्छन् भने पनि तयार छौँ, तर यसपाली चैँ घन्टीमै भोट हाल्ने हो ।’
२० वर्षं खाडीमा काम गरेर फर्किएको बताउँदै उनले भने, ‘यो ठाउँ पहिलेदेखि नै एमालेको गढ हो । तपाईँको एजेन्डाहरू के-के छन् बुझ्न पाए हुन्थ्यो । हामी युवाहरू त लागिरहेका छौँ । तर, स्वतन्त्र पार्टीको एजेन्डा के छ त ? शिक्षा र स्वास्थ्य नि:शूल्क गर्न सकिँदैन ।’
बालेनले रास्वपाको घोषणापत्र तयार भइरहेको जवाफ दिए ।
