बालेनको निजी पारेको लिफ्ट सुनिताले गरिन खुला

समाचार

काठमाडौं, २० माघ । काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा रहेको ‘भीआइपी लिफ्ट’ अब सेवाग्राही सबैले प्रयोग गर्न पाउने भएका छन् । महानगरको नेतृत्व सम्हालेपछि कार्यबहाक मेयर सुनिता डंगोलले लिफ्टमा राखिएको पासवर्ड हटाएर सवैका लागि खुला गरेकी हुन् ।

सुनिताको यो निर्णयसँगै अव महानगरपालिकामा आउने सेवाग्राहीहरु पनि लिफ्ट प्रयोग गर्ने सक्ने भएका छन । तात्कालिन मेयर बालेन्द्र साह (बालेन) ले महानगरपालिकाको लिफ्ट आफूसहित आफूले भनेका भिआइपीले मात्र प्रयोग गर्न पाउने गरी पासवर्ड राखेका थिए । बालेनको सो निर्णय गलत रहेको भन्दै सुनिताले सवैका लागि खुला गरेकी हुन्।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले कार्यवाहक मेयर सुनीता डंगोलको निर्देशनमा लिफ्ट खुल्ला गरिएको जानकारी दिए । गत माघ ६ गते नै लिफ्टको पासवर्ड हटाइएको काफ्लेले जानकारी दिए । मेयर साह माघ ४ गते राजीनामा दिएर हिडेपछि सुनिताले पहिलो चरणमै लिफ्ट प्रयोगको बिभेदले महानगरवासीमा बिभेद भएको भन्दै पासवर्ड हटाउन निर्देशन दिनुएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार