चीनलाई चिढ्याउदै सुशिला सरकार !

banner

बर्दिवास, २१ माघ । तिब्बती धर्मगुरु दलाई लामाका खास विश्वास पात्र मानिने जोनाङ ग्याल्त्साब रिन्पोछे गत १५ गते माघमा नेपाल आएर यतै बसिरहेका छन् । उनलाई विमानस्थलमा सरकारले अघोषित राजकीय सम्मानजस्तै उच्च सुरक्षा प्रदान गरेको घटनाले यतिखेर नेपाली राजनीति तात्तिएको छ ।

हुनत उनलाई डोल्मो समाजको निमन्त्रणामा उनी नेपाल आएको र उनले प्रवचन दिइरहेको भनिएको छ । यसअघि उनले ताइवान, युरोपलगायतका देशमा प्रवचन दिइसकेका छन् । उनी १० दिनका लागि नेपाल आएको डोल्मो समाजले जनाएको छ । तर, डोल्मो समाजलेनै उनको नेपाल बसाई बढ्न सक्ने बताएको छ ।

रिन्पोछे ती व्यक्ति हुन् जो तिब्बतमा सन् १९७० मा तिब्बतमा जन्मिएर १९९३ देखि भारतमा बस्दै आएका छन् । उनले दलाई लामाबाट प्रवचन र आशिर्वचन प्राप्त गरेका छन् । कतिपयले उनलाई दलाई लामाका खास व्यक्तिकारूपमा चित्रण गरेका छन् ।

रिन्पोछे नेपाल आउनु र चीनियाँ दूतावासले यसलाई चासो पूर्वक लिनु सामान्य घटना नभएको कूटनीतिक क्षेत्रका जानकार बताउन् । यसअघि बनेका कुनै पनि सरकारलाई तिब्बतका निर्वासित धर्मगुरु दलाई लामाले शुभकामना सन्देश नदिनु र सुशिला सरकार बनेपछि पहिलो शुभकामना उनै आउनु संयोग मात्र होइन भन्ने यो घटनाले पुष्टी गरेको चर्चा हुन थालेको छ ।

आजै एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यो विषय प्रवेश गराएका थिए । ‘त्यस घटनाबाट चाइनिजहरू उत्तेजित भएका छन् र दुई वटा विकल्प रोज्नुस् भनेका छन्– या त चीन विरोधीलाई कारबाही र निकाला गरेर क्षमा याचना गर्नुप¥यो । त्यो नगर्ने हो भने यसको परिणाम भोग्न तयार हुनुप(यो ’ बादे भनेका थिए ।

जेनजी आन्दोलनमा तिब्बती शरणार्थीको प्रयोग भएको चर्चा हुनु, सुशिला सरकारलाई दलाईलामाले शुभकामना दिनु, उनकै पालामा दलाई लामाकै खास विश्वास पात्र नेपाल आउनु र सरकारले राजकीय सम्मान सरहको स्वागत गर्नुले एकातिर जेनजी आन्दालनको पर्दाफास भएको छ भने अर्कोतिर नेपाली अर्को युक्रेन त हुने होइन भन्ने त्रास पैदा गरेको कूटनीतिक क्षेत्रको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार