
बर्दिवास,२२ माघ । –आ बाट आमा’ का निर्देशक चन्द्र पन्तले दर्शकसंग माफी मागेका छन् । फिल्ममा दर्शक रुवाएको र पुराना पीडा सम्झिएर भक्कानीयएकाले उनले माफी मागेका हुन् ।
पन्तले सामाजिक सञ्जालमार्फत एक माफी पत्र सार्वजनिक गर्दै माफी मागेका हुन् । ‘आ बाट आमा हेर्नुहुने सम्पूर्ण दर्शकहरूलाई हामी सरी भन्न चाहन्छौँ । हाम्रो फिल्म हेरेर तपाईहरू धेरै रुनुभयो । भक्कानिनुभयो र पुराना पीडाहरू सम्झेर मन दुखाउनुभयो । कतिपय दर्शकहरू फिल्म हेर्दाहेर्दै बेहोस हुनुभएको, कोही बिरामी पर्नुभएको र धेरैलाई मानसिक रूपमा गाह्रो भएको खबर हामीले पायौँ,’ उनले सार्वजनिक पत्रमा अगाडि लेखेका छन् ‘हाम्रो उदेश्य कसैलाई रुवाउने वा चोट पुर्याउने पक्कै थिएन ।’
‘आ बाट आमा’ आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्म फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रवीन्द्र झा, साईग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी ९खनत्या खलास०, उषा उप्रेती, दिलिप अखेडालगायत कलाकारको अभिनय छ।
