
एजेन्सी, २२ माघ । मंगलग्रहमा जीवन खोज्ने अभियानमा अब चीन एक्लो हुने भएको छ । अमेरिकाले यताबाट आफ्नो मोडेपछि चीन एक्लो राष्ट्र भएको हो ।
अमेरिकी सिनेटले हालै पारित गरेको नयाँ खर्च विधेयकले यस परियोजनामा निर्णायक असर पारेको हो। पर्सेभरन्सले सङ्कलन गरेका ३० वटा भूवैज्ञानिक नमूनाहरू लामो समयसम्म पृथ्वीमा ल्याइने सम्भावना कम देखिएको छ । हालको आँकलनअनुसार ती नमूनाहरू सन् २०४० भन्दा अगाडि पृथ्वीमा आइपुग्ने सम्भावना छैन।
उता चीनले भने आफ्नो तियानवेन(३ स्याम्पल रिटर्न मिसनलाई मंगल ग्रह अनुसन्धानका लागि निर्णायक बनाउने चरणमा छ। यो मिसन २०२८ मा प्रक्षेपण गर्ने र २०३१ मा मंगल ग्रहका चट्टानका नमूनाहरू पृथ्वीमा ल्याउने लक्ष्यसहित चीन अगाडि बढेको छ। त्यसैले मंगलबाट नमूना पृथ्वीमा ल्याउने दौड एक्लै जित्ने अवस्थामा चीन पुग्न लागेको छ।
