
बर्दिवास,२२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ। बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन्। रौतहट प्रहरीले गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
जिल्लाको ईशनाथ नगरपालिका–४, मठिया टोलकी करिब ४ वर्षीया नाबालिका खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ। मृतक नाबालिका सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन्। बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको उपरिक्षक रिजालले जानकारी दिए ।
