
काठमाडौं, २२ माघ । विश्वकप अघिको वार्मअप खेलमा नेपालले बिहीबार क्यानाडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
वार्मअप खेलमा यो नेपालको लगातार दोस्रो जित हो। यसअघि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।
आशिफले सर्वाधिक ५८ रन बनाए। २९ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। सन्दीप जोरा ४४ र ओपनर कुलश भुर्तेल १२ रनमा आउट हुँदा गुलसनकुमार झाले अविजित ३१ रन बनाए।
यसअघि चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।
क्यानडाका नवनित धालिवलले सर्वाधिक ४१ रन बनाए। उनले ३६ बलमा एक चौका र ३ छक्का प्रहार गरे। श्रीयस मोब्बा ३८ र कँवरपाद तथगुर २५ रन बनाए।
नेपालका कुुशल भुर्तेल र सन्दीप लामिछानेले समान २–२ विकेट लिए।
