वैतडीमा जन्तीको बस दुर्घटा, ८ जनाको मृत्यु (नामावलीसहित)

समाचार

काठमाडौं, २३ माघ । बैतडीमा बेहुली लिएर फर्केको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी नगरपालिका–७ बडगाउँ मोडमा दुर्घटना हुँदा उनीहरुले ज्यान गुमाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा बसमा सवार बझाङ, बित्थडचिर–७ का ४० वर्षीय केशब राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशीको मृत्यु भएको छ ।

यस्तै, ४२ वर्षीय नरेश राज जोशी, केदारस्युका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी–७ का ४० वर्षीय वसन्त राजे रतला र बैतडी, पुर्चौडी–७ कि ४०वर्षीय पुष्पा अवस्थीको पनि मृत्यु भएको छ । नरेश र विष्णुको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेका ४५ जनालाई उद्धार गरेर अस्पताल पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार