आजदेखि सुरु हुँदै टी–२० विश्वकप क्रिकेट, आजै तीन खेल हुँदै

banner

बर्दिवास, २४ माघ । अन्तराष्ट्रिय क्रिकृट काउन्सिल (आइसिसी) र्टी–२० पुरुष क्रिकेट विश्वकप प्रतियोगिता आजदेखि सूरु हुँदैछ । भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गरेको यसपटकको टी २० विश्वकपमा सूआतका दिन आजै तीन खेल हुँदैछ ।

सबैभन्दा पहिलो खेल नेपाली समयअनुसार ११.०० वजे पाकिस्तान र श्रीलंकाबीच सिंहालिज स्पोस्र्टस् क्लब कोलम्बोमा हुनेछ । दोश्रो खेल वेस्टइन्डिज र स्कटल्याण्डबीच इडेन गार्डेन कोलकातामा ३.०० मा हुनेछ भने तेश्रो खेल इन्डिया रअमेरिकाबीच वानखेडे स्टेडियम मुम्बईमा ७.०० मा हुनेछ ।

नेपालको खेल भोली आइतबार वानखेडे स्टेडियम मुम्बईमै इङ्ल्याण्ड र नेपालबीच ३.०० देखि सुरु हुने तालिका रहेको छ । नेपालले समूह चरणका सबै खेल यही स्टेडियममा मुम्बईमै खेल्ने तालिका छ ।

नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस स्कटल्यान्ड, १७ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार