सुनको मूल्य फेरि ह्वात्तै बढ्यो

अर्थ/बाणिज्य

बर्दिवास २५ माघ । केही दिनदेखि घटिरहेको सुनको भाय फेरि ह्वात्तैं बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम छ ।

गएको साता बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो । शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँ थियो । बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार