नेपालको खेलमा इङ्ल्याण्डका कुन खेलाडीले के भने ?

banner

बर्दिवास, २५ माघ । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले नेपाली टिमले निकै राम्रो क्रिकेट खेलेको प्रतिक्रिया दिएका छन् ।

नेपालले आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा आइतबार इंग्ल्यान्डसँग चार रनको साँघुरो हार बेहोरेको थियो । खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । चार रनको झिनो जितपछि इंग्ल्यान्डका कप्तान ब्रुकले नेपाली टिमको प्रशंसा गरेका हुन् ।

‘उनीहरूले धेरै राम्रो खेले । आदिल रसिदलाई उनीहरूले जसरी कुनै पनि टिमले खेल्न सकेका थिएनन् । म उनीहरूलाई आगामी खेलका निम्ति शुभकामना दिन चाहन्छु,’ ब्रुकले भने ।

त्यसैगरी म्यान नेपालविरुद्धको खेलमा अलराउण्डर प्रदर्शनका कारण म्यान अफ दी म्याच बनाइएका विल ज्याक्सले नेपाली टिमको उच्च प्रशंसा गरे । आजको पिच अप्ठेरो भए पनि नेपाली ब्याटरहरुले स्पिनरलाई निक्र राम्रो खेलेको उनको प्रतिक्रिया थियो । नेपालले आफूहरुलाई अन्तिमसम्म दवावमा राखेको उनले स्वीकार गरे ।

ज्याक्सले भने, ‘नेपाललाई पूर्ण श्रेय दिन्छु, उनीहरू वास्तवमै उत्कृष्ट थिए । पिच निकै कठिन थियो तर उनीहरूले स्पिनलाई राम्ररी खेले र हामीलाई ९हारको० निकै नजिक पुर्‍याए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार