टी–२० विश्व कपमा आज पनि तीन खेल

banner

बर्दिवास, २६ माघ । चालु टी–२० विश्वकपमा आज सोमबार पनि तीन खेल खेलिने तालिका रहेको छ । समूह चरणकै यो खेलमा आज नेपालसम्मिलित समूहको खेल पनि रहेको छ

नेपाल सम्मिलित समूहको स्कटल्याण्ड र इटलीको खेल रहेको हो । यो खेल ११.१५ नेपाली समयमा सुरु हुनेछ । आजको अर्को खेल ३.१५ मा जिम्बाब्बे र ओमानबीच हुने छ भने तेश्रो खेल ७.१५ वजे दक्षिण अफ्रिकार क्यानाडाबीच हुनेछ ।

हिजो भएको तीन खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई १३ बल बाँकी छदैं ५ विकेटले हराएको थियो भने श्रीलंकाले आयरल्याण्डलाई २० रनले पराजित गरेको छ । हिजो भएको सबैभन्दा रोमाञ्चक र कम अन्तरको जितहार नेपाल र इङ्ल्याण्डबीचको खेल हो, जसमा नेपाल मात्र ४ रनको झिनो अन्तर पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार