टी–२० वल्र्डकपमा आज पनि तीन खेल (कहाँ र कति वजे)

banner

बर्दिवास, २७ माघ । भारत र श्रीलंकाले संयुक्तरूपमा आतिथ्यता गरिरहेको आइसिसी टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि समूह चरणका तीन हुने तालिका रहेको छ । आजका दुई खेल भारत रएक खेल श्रीलंकामा हुने भएको हो ।

आज (मंगलबार) नेदरल्याण्ड र नामिवियाबीचको खेल अरुणजेटली स्टेडियम दिल्लीमा ११.१५ मा सुरु हुनेछ भने न्यूजिल्याण्ड र युएईबीचको खेल चिताम्बरम स्ेटेडियम चेन्नईमा दिउसो ३.१५ वजे सूरु हुनेछ । त्यसैगरी आजको तेश्रो खेल पाकिस्तान र अमेरिकाबीच सिंहालिज स्पोर्टस् क्लब कोलम्बोमा साँझ ७.१५ मा सुरु हुने तालिका रहेको छ ।

हिजो भएका खेलमा स्कटल्याण्डले इटलीलाई फराकिलो अन्तरले हराएको थियो भने जिम्बाब्बेले पनि आमानविद्ध त्यस्तै जित दर्ज गरेको थियो । जिम्बाब्बेले आमानलाई ८ विकेटले पराजित गरेको हो । त्यसैगरी हिजो सोमबार साँझको खेलमा दक्षिणअफ्रकाले क्यानाडालाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार