रुास्वपालाई एकातिर नाफा, अर्कोतिर घाटा

banner

बर्दिवास, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावको मुखैमा भएका यी दुई काण्डले एकातिर नाफा अर्कोतिर घाटा भएको छ । आर्को पार्टीको उम्मेदवारै आफ्नो पार्टी प्रवेश गर्दा फाइदा भएको हो भने घृणा फैलाएको आरोपमा नेता पक्राउ पर्दा घाटा भएको हो ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा धनुषा –३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका राजिव झा आज रास्वपा प्रवेश गरेका हुन् । रास्वपा प्रवेशसंगै उनले आफ्नो उम्मेदवारी हाफेर रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गरेको घोषणा गरेका छन् ।

यहाँ कांग्रेसबाट विमलेन्द्र निधि, नेकपा एमालेबाट जुलीकुमारी महतो, जसपा नेपालबाट परमेश्वर साहलगायत ४५ जना प्रतिस्पर्धामा छन्।

उता कपिलवस्तुमा रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन् । ‘फेसबुकमा अनुसन्धानसँग सम्बन्धित कागजात सार्वजनिक गर्ने, घृणा फैलाउने र गोपनीयता उल्लङ्घन गर्ने कार्य गरेको उजुरी आएपछि पक्राउ गरेका हौँ’ डीएसपी रिपेन्द्रकुमार सिंहले भने, ‘उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार