
काठमाडौं, ११ फागुन । यही चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द र बाबुल गिरीकै संगीत छ।
रोमान्टिक शैलीको यो गीतमा चलचित्रका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्ट फिचर्ड छन् । दुवै भिडियोमा रोमान्टिक मुडमा देखिएका छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको यो चलचित्रको लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन्।
चलचित्रमा माइकल चन्दको निर्देशन छ। चन्दकै कथा तथा पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ।
